काठमाडौं - नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले दुबईबाट आएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् । हाल उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन् । ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

हालसम्म नेपालमा ४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।