काठमाडौैं - अमेरिका र इरानमा जारी विवादका बीच इरानको राजधानी तेहरानस्थित इमाम विमानस्थल नजिकै युक्रेनी जहाज दुर्घटनामा सवार सबै १८० जनाकाे मृत्यु भएको छ । 

तेहरानबाट युक्रेनको लागि उडेको इंटरनेशनल एयरलाइन फ्लाइटको बोइङ ७३७–८०० जेट  इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । 

इरानी अधिकारीहरुले विमान दुर्घटनामा कसैलाई जिवित भेटिने सम्भावना नरहेको बताएका छन् । इरानी समाचार एजेन्सीका अनुसार बुधबार बिहान प्राविधिक खराबीका कारण उडान भरेसँगै विमान दुर्घटना भएको हो ।