काठमाडौं - ईङ्गलिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले २२ अंकको अग्रता लिएको छ । लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग २२ अंकको अग्रता लिएको हो ।

शीर्ष स्थानको लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीको २४ खेलबाट ५१ अंक भएको छ । त्यति मात्रै होइन, लिभरपुलले घरेलु मैदानमा लगातार २० खेल जितेको कीर्तिमान समेत बराबरी गरेको छ । यसअघि म्यानचेस्टर सिटीले घरेलु मैदानमा लगातार २० खेल जित्ने कीर्तिमान बनाएको थियो ।

शनिबार राति लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले हराउँदै स्पष्ट तीन अंक बटुल्यो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा ४ गोल गरेको हो ।

खेलको ४७औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६०औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । खेलको ७२औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ९०औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–० को जित दिलाए ।

यसैबीच, प्रिमियर लिगककै अर्को खेलमा म्यान्चेष्टर युनाईटेडले बराबरी खेलेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा म्यान्युले उल्भ्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । यो अ‍ेलमा म्यान्युबाट ब्रुनो फर्नान्डेजको डेब्यु गरेका छन् ।

पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट साढे ५ वर्षको सम्झौता गेर क्लबमा आएका फर्नान्डेजले युनाईटेडबाट प्रिमियर लिगमा डेब्यु गरेका हुन् । उनी ४७ मिलियन पाउण्डमा युनाईटेड आएका थिए । तर डेब्यु खेलमा उनले प्रभाव देखाउन भने सकेनन् ।